गृहपृष्ठ साहित्य कविता : सरकार तँ कहाँ छस्?

कविता : सरकार तँ कहाँ छस्?

प्रकाशित मिति:

तँलाई कुर्सी, सत्ता मोह भन्दा ठूलो केही लाग्दैन
सरकार आखिर तँलाई कहिलेसम्म खोजिरहने हो ?
सरकार त कहाँ छस् ?

सरकार त कहाँ छस्? देखिन मैले कतै
हेरें नियालेर फेरि तेरै अनुहारमा भेटिन् मैले कतै
केही समय पर्ख भनेको थिइस्
पलाएको त्यो ठूलो आशा
मेटिन मैले कहिल्यै

विकास को नाउँमा समृद्धिको नाउँमा नारा घन्काउँदै गाउँ गाउँ बस्ती बस्ती पसेर तिमीले भोट मागेका थियौं, तिम्रो त्यो अठोट त्यो भिजन देखेर तिम्लाई सत्तामा पुराएका थियौं ।

आज सरकार त कहाँ छस?
बलात्कार को सिकार भएकी ती अबोध बालिका निर्मला को वरिपरि बसेर हेरें, त्यहाँ देखिन, जंगलको बीचमा
झुप्रो मै भएपनि जमेर बसेका ती अबोध नारीमाथि शोषण भएको हेरें, त्यहाँ देखिन,
सरकार त कहाँ छस्?

एक छाक खान नपाएर ज्यान गुमाइरहेका ती दिन दुःखीहरू अगाडि बसेर हेरें त्यहाँ देखिन, सिटामोल नपाएर ज्यान गुमाइरहेका ती दुर्गम क्षेत्रमा गएर हेरें
त्यहाँ देखिन
ठूलो सपना बोकेर खाडी पसेका केयौँ युवा अलपत्र पर्दा त्यहाँ देखिन सरकार त कहाँ छस्?

गरिबलाई हेरिनस्,
मजदुरलाई हेरिनस्,
किसानलाई हेरिनस्,
सरकार आखिर त कहाँ छस्?

आज कैयौं चेलीमाथि शोषण त बोल्दैनस्,
जहाँ तहीँ भष्टाचार तँ बोल्दैनस् ,
देशको भूमि लुटिँदा तँ बोल्दैनस,
सरकार तँ कहाँ छस्?

जनताको पीडा नबुझेर, जनता का दुःख नसम्झेर त आफ्नै पारामा आफ्नो स्वार्थ कोलागि भागिरहेको छस्
तँलाई कुर्सी र सत्ता मोह भन्दा ठूलो केही लाग्दैन
सरकार आखिर तँलाई कहिलेसम्म खोजिरहने हो ?
सरकार तँ कहाँ छस् ?

सम्बन्धित् समाचार