Sunday, June 20, 2021
युनिकोड

डुबेर मृत्यु

  काठमाडौं, -गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल नांगमती खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौं गल्फुटार बस्नेहरु सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका २० वर्षीय आईसल तामाङ र सर्लाही घर भएका २० वर्षीय बिशाल तामाङ रहेका छन् । उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेना समेतको टोलीले खोजी गर्दा उनीहरुको शव फेला परेको हो । घटनाको अनुसन्धानका लागि उनीहरुसँगै गएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस् >>माछा पोखरीमा पौडी खेल्दा डुबेर मृत्यु

  त्यस्तै गरी अर्घाखाँची, सन्धिखर्क नगरपालिका-११ रामपथ बस्ने ४९ वर्षीय कुल बहादुर कुमालको सोही ठाउँ नौलापानीस्थित बन्दै गरेको पुलको पिलर खनेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै