Monday, June 21, 2021
युनिकोड

शौचालयमा लडेर मृत्यु

काठमाडौं – शौचालयमा लडेर एक जना युवकमाे मृत्यु भएकाे छ । काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी तिवारी टोल बस्ने ३० वर्षीय मिजेन्द्र श्रेष्ठको शौचालयमा लडेर बुधबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नारायणटारस्थित शखंरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस्तै कैलालीकाे चुरे गाउँपालिका-६ तितरे बस्ने १६ वर्षीया झुपा कुमारी साँउदको भीरबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित पोटेमाला भिरमा घाँस काट्न गएको अवस्थामा लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस् >> सुनसरीमा फोहोर बोक्ने ट्याक्टरबाट लडेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै