Sunday, June 20, 2021
युनिकोड

को को बन्दैछन् मन्त्री ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बिस्तार गर्दैछन् ।

उनले आठ जना मन्त्री थप्ने तयारी गरेका छन् । यसअघि २५ जेठमा मन्त्रिपरिषद् पुनर्गठन गरेका ओलीले विहीबार अन्य आठ जना मन्त्रीहरु थप्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार ओलीले सात मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी गरेका हुन् ।

ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, नैनकला थापालाई संचार मन्त्रालय, नारदमुनि रानालाई वन मन्त्रालय, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडीलाई नियुक्ती तयारी गरिएको छ ।

त्यस्तै मोहन बाँनियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

उनीहरुको साँझ ४ बजे शपथ गराउने तयारी भएको छ ।
 

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै