गृहपृष्ठ समाचार अवैध लागूऔषध ब्राउनसुगर सहित पाँच जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित पाँच जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं सुनसरी, कोशी गाउँपालिका-८ भान्टाबारीबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु कबिरथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् >>४९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

   त्यस्तै गरी कञ्चनपुर, भिमदत्त नगरपालिका-४ सुन्दराटोल बस्ने भुवन साहुलाई आफ्नै घरमा रहेको होटल एण्ड लजबाट १ ग्राम ४२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ३ हजार ६ सय ५५ रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार