Monday, June 21, 2021
युनिकोड

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै पक्राउ

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।

उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् >> नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै पक्राउ

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै