Sunday, June 20, 2021
युनिकोड

वडाअध्यक्ष भामले आफ्नै भत्ताको रकमबाट बाँडे राहत

मुगु – छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामले आफूले पाएको बैठक भत्ता र घर परिवारको बचत रकमबाट कोरोनाका कारण मजदुरबाट रोजगारी गुमाएका सदस्यहरूलाई १ प्याक चामल, १ केजी आयोडिनयुक्त नुन १ पोका, वेसार १ पोका, खुर्सानी, १ पोका तेल उपलब्ध गराएका हुन् ।

बुधबार जिल्लाको पश्चिमी भेगमा पर्ने छायांनाथ रारा नगरपालिका वडा नंल९ सुम्ली गाउँका १६ घरघुरीका दलित परिवारका सदस्यहरूलाई भामले राहत उपलब्ध गराएका हुन् ।

राहत पाए पश्चात स्थानीयले राहत पाउँला आफूहरू खुसी भएको बताए । ‘ महामारीको बेला छाक टार्न गाह्रो परेको बेला ठूलो सहयोग भएको छ’ स्थानीय कुसबिर नेपाली ले भने ।

वडा अध्यक्ष भामले अगाडि देखि सामाजिक काममा सहयोग गर्दै आएकाछन् । ‘ समाजको जिम्मेवार नागरिक भएपछि सामाजिक काम गर्नु हाम्रो दायित्व हो’ भामले भने ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै