Monday, June 21, 2021
युनिकोड

गण्डकीमा विपक्षी सरकारमा पुग्ने चार विकल्प ,मुख्यमन्त्री विश्वासको मत नपाउनेमा ढुक्क

काठमाडौं – प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन् ।

योसँगै सरकारमा जान खुट्टा उचालेको विपक्षी गठबन्धन बहुमत पुराउने दौडधुपमा छ । ६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। तर यहाँ मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन्। उनले विश्वासको मत पाउने संभावना छैन, उनको विकल्प विपक्षीलाई बहुमत पुराउन नदिनु नै हो ।

प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन्। 

विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारे पनि जनमोर्चाका ३ सांसद एकजुट छैनन्।

विपक्षीलाई बहुमत पुर्याउन ४ विकल्प

१. फ्लाेर क्रसको अपेक्षा
प्रदेशमा नेपाल- खनाल समूहका एक जना सांसद ईन्द्रलाल सापकोटा छन्। केन्द्र देखि अन्य प्रदेशहरूमा सरकार बनाउन विपक्षी घटकसँग सहकार्य गर्दै आएको एमालेको यो समूहका सांसदले विपक्षी गठबन्धनलाई साथ दिन सक्ने अनुमान छ । तथापि उनले मुख्यमन्त्री गुरूङलाई नै सघाउने बताउँदै आएकाछन् ।

२. जनमोर्चा सांसद कृष्ण थापा निर्णायक

पार्टीको निर्णय नमानेको भन्दै जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापालाई अदालतले पुनःस्थापन गरेको छ । फैसला पुनरावलोकनको लागि विपक्षी अदालतमा गएकाछन् । अदालतको फैसलाले सांसद थापालाई पदच्युत गरे विपक्षीलाई सहज छँदै छ, थापाले पार्टीकै निर्णय अनुरुप मत दिए पनि विपक्षीलाई सरकार बनाउन सहज हुनेछ । उनले ह्वीप उलंघन गरे अदालतले पनि नजोगाउने उनले बुझेकाछन्।

३. स्वतन्त्र सांसद मनाङेको साथ

विपक्षी गठबन्धनलाई अर्को संभावना पनि लाभकै दिशामा छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् ।यससँगै विपक्षी गठबन्धनलाई बहुमत पुग्ने निश्चित देखिन्छ ।

४. सभामुखको राजीनामा

विपक्षी गठबन्धनले सरकार बनाउनको लागि सभामुखलाई राजीनामा गराउनेसम्मको विकल्प हेरेकाछन् । तथापि केही गरि सरकार बन्न नसके न सभामुख पद रहने न सरकार बन्ने अवस्थाको जोखिम कायम छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै