Sunday, June 20, 2021
युनिकोड

एमालेले बाल्मिकी बनाएका मनाङे कांग्रेस नजिक

पोखरा – गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ(दिपक मनाङ्गे) विश्वासको मतको विपक्षमा उभिने भएकाछन् ।

उनले आफूले मुख्यमन्त्री पृथ्वी सुब्बा गरुङको साथ दिन नसक्ने बताएका हुन् ।मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका दिपकले प्रदेश सभा भंग हुनबाट रोक्न विपक्षी गठबन्धलाई सहयोग गर्नुपरेको उनले बताएकाछन् ।

बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित थिए। मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् ।यससँगै विपक्षी गठबन्धनलाई बहुमत पुग्ने निश्चित भएको छ । जसले बहुमतका लागि ३१ पुर्याउछ उसैलाई साथ दिने भन्दै उनले एमाले नेताहरुसंगको छलफलमा साथ दिन नसक्ने उनले स्पष्ट पारेका थिए ।

यस अघि १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएका मनाङेले मुख्यमन्त्रीलाई साथ नदिने अनुमान गरिएको थियोे । पछि मुख्यमन्त्री गुरुङकै कित्तामा फर्किएका मनाङेले मन्त्री उपहार पाएका थिए ।

ठुलो दलको हैसियतमा पुनःमुख्यमन्त्री नियक्ती भए पछि गुरुङले उनलाई पुरानै जिम्मेवारी दिएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानीक व्यवस्था अनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

उनीसँग बहुमत पुष्टि हुने आधार देखिएको छैन । स्वातन्त्र सांसद गुरुङले साथ छाडे पछि मुख्यमन्त्रीसंग आफ्नो पार्टीका २७ सांसद मात्रै छन् । राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि उनले गुरुङको पक्षमा मतदान गर्ने अनुमान गरिए पनि उनी तटस्थ बस्ने संकेट गरेका छन् ।

विपक्षीको पनि बहुमत नपुग्ने देखे पछि विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यामधि घोषणा गर्ने गुरुङको तयारी बुझिएको छ ।सत्तारुढ दल एमालेसँग २७ सांसद छन् । कांग्रेस १५, माओवादी १२ सभामुख सहित, जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन तयारीमा छन् । जनमोर्चाले पदमुक्त गरेर फेरि सर्वोच्चबाट थमौति पाएका कृष्ण थापाले तटस्थ बस्ने प्रतिक्रिया दिएका छन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङले विपक्षीलाई साथ दिए संविधानको धारा १६८ को उपधारा५ अनुसारको सरकार बनाउन सक्ने आधार बनेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै