Sunday, June 20, 2021
युनिकोड

गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै, विपक्षी बहुमत जुटाउने कसरतमा

काठमाडौं – प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने संभावना कम भएको गण्डकीमा विपक्षीले बहुमत जुटाउन पनि उत्तिकै सकस छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। तर यहाँ मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन्।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारे पनि जनमोर्चाका ३ सांसद एकजुट छैनन्।

प्रदेशमा माधवकुमार नेपाल पक्षका एक जना मात्रै सांसद छन्। उनले मुख्यमन्त्री गुरूङलाई नै सघाउने यसअघि बताइरहेका थिए।

विपक्षी गठबन्धनले बुधबार मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए।

प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन्। 

मुख्यमन्त्री बहुमत पुराउन नसके पनि बहुमत रोक्ने कसरतमा छन् । विपक्षी समूह विकल्पमा सभामुखलाई राजिनामा गराउने पक्षमा छ । जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापालाई अदालतले पुनःस्थापन गरेकोले फैसला पुनरावलोकनको लागि विपक्षी अदालतमा गएकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै