Thursday, June 17, 2021
युनिकोड

प्रतिनिधिसभा विघटन सम्बन्धि फैसला असारको तेस्रो हप्ता

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी विषयलाई असार तस्रो हप्तामा टुङ्ग्याउने भएको छ।

सर्वोच्चले यस पटक प्रतिनिधि सभा विघटनका विषयमा पक्ष विपक्ष दुबै समूहलाई बहसका लागि १५/१५ घण्टा समय निर्धारण गरिदिएको हो ।

बुधबारको संवैधानिक इजलासमा भएको सुनुवाइपछि प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरासहितको इजलासले दुबै पक्षलाई बहसका लागि १५/१५ घण्टा समय प्रदान गर्ने आदेश जारी गरेको छ ।

यसरी समय नै निर्धारण गरिएपछि अघिल्लो पटक जस्तो निर्णय आउन समय लाग्ने छैन । अब ९ असारमा प्रतिनिधि सभा सम्बन्धी विघटनका विषयमा सुनुवाइ हुनेछ साथै सुनुवाइ निरन्तर हुनेछ ।

इजलाससमक्ष छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा समय पाउने छन् । सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुनेछ । कानून व्यवसायीले बढीमा आधा घण्टामात्र समय पाउने गरी निर्धारण गरिएको छ ।

यसैगरी संवैधानिक इजलासको सहयोगीका रूपमा नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा पठाउन समेत आदेश जारी भएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् ।

यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन इजलासले आदेश दिएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै