Thursday, June 17, 2021
युनिकोड

कांग्रेस र माओवादी सरकारमा जाने

काठमाडौं – प्रदेश २ को सरकारमा नेपाली कांग्रेस तीन मन्त्री सहित सहभागी हुने भएको छ । तीनै जना मन्त्रीले बुधबार नै सपथ लिँदैछन् ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको हो ।

कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ।

कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् ।

यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तै माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने विषयमा छलफल जारी रहेको छ।

माओवादी केन्द्रबाट सरकारमा भरतप्रसाद साह र जगत यादव सहभागी हुँदैछन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै