Sunday, June 20, 2021
युनिकोड

छविलाल खड्काका दुई लघुकथा

मन, इच्छा र प्रथा

रमेश हाफ क्या. वि. लिएर बजारमा लागेकाे रमाइलाे मेला हेर्न गयाे ।

ऊ एक्लै थियाे । नियास्राे मान्दै पचास रुपियाँकाे बैशाखी टेकेर गेटभित्र प्रवेश गर्याे । “हेलाे रमेश सर, पुर्वतिरकाे कुनामा आउनुस् ।” राजु करायाे ।

रमेश पनि उतै साेझियाे । सामान्य भलाकुसारी भयाे । हाकिम खराब भएकाे कारण विदा लिनु परेकाे गुनासाे पाेख्याे, रमेशले ।

मञ्चमा नानाथरिका गीतहरु घन्किरहेका थिए । दमित इच्छाहरुलाई उजागर गर्ने खाले डान्स चलिरहेका थिए ।

वान्स माेर ….. वान्स माेर ….. का आवाजहरु दाेहरिरहेका थिए ।

गीत , नृत्य र मेलामा देखिएका छाेरेटा-छाेरेटीकाे प्रेमालापले रमेशकाे मन उद्धेलित भयाे ।

मनभित्र काउकुति जाग्याे । जवानी फर्केर आएकाे भान भयाे । ” राजु सर , ल म त घरतिर लागे ।” रमेश छुट्टिन खाेज्याे । दुवै छुट्टिए ।

रमेश घरतिर हानियाे । बाटाभरि जवानीका यादले कुत्कुत्यायाे । राेमाञ्चित मुडमा घर पुग्याे । ” प्राण प्यारी ! कहाँ छ्याै ? आऊ मेराे अङ्गालाेमा ।

म तिमीलाई अङ्गालाेमा कसेर तृप्त हुन चाहन्छु।” रमेश बर्बरायाे ।

घर पछाडिबाट राधिका काेकिल स्वरमा बाेलिन् । “पति देव ! माफ गर्नुहाेला , म धर्म दाेषमा छु ।” कुण्ठित स्वर गुन्जियाे ।


विजय भाेज

अनुमान, अफवाह र हेलचेक्रयाईंकाबिच काेराेनाकाे पहिलाे लहर मत्थर भयाे ।

नेपाली विज्ञानले पक्का काम ग-याे । बेसार पानी खाए काेराेना लाग्दैन ।

तर चुनाैतिपूर्ण र आक्रमक रुपमा काेराेनाकाे दाेस्राे लहर प्रवेश ग-याे ।

सबैका अनुमान र विज्ञताले हावा खाए ।

काेराेना रात चाैगुणाका दरले फैलियाे । स

माजका लब्ध प्रतिष्ठित समाजसेवी हरिकृष्णलाई सामान्य लक्षण देखा परेकै दिन चेक गराउँदा रिपाेर्ट पाेजेटिभ आयाे ।

याे खबर भुसकाे आगाे झै गाउँभरि फैलियाे ।

सन्चाे बिसन्चाे, साह्राे गाह्राे साेध्न आउने छिमेकीहरु उनकाे घरतिर साेझा आँखाले समेत हेरेनन् ।

माेबाइलबाट फाेन गर्दा पनि सर्ला झै व्यवहार गरे ।

दु:ख कष्ट, साराे गाराे आफै भाेगे ।

हाैसला र प्राेत्साहन दिने मान्छे नहुँदा दिक्दारीपूर्ण समय व्यतित गरे ।

काेराेनाले दिएकाे पीडा भन्दा पनि छिमेकीहरुकाे व्यवहारकाे पीडाले निकै दुखित भए ।

उनी सित्तै हार्ने खाले मान्छे हाेइनन् । काेराेनालाई जितेरै छाडे ।

अठार दिनपछि रिपाेर्ट नेगेटिभ आयाे । हावाले चाैतर्फी उडायाे हरिकृष्णले काेराेना जिते रे ।

समयकाे खेल न हाे बिस्तारै संक्रमण कम हुँदै गयाे । जनजीवन सामान्य भयाे ।

एकाविहानै गाउँभरि कटुवाल करायाे – “हरिकृष्ण बाजेले काेराेना जितेकाे उपलक्ष्यमा विजय भाेज खुवाउँदै छन् ।”

घर आँगनभरि परिकारका चाैरासी व्यन्जन भन्दा फरक नपर्ने भेज, नभेज, सफ्ट ड्रिंक, हार्ड ड्रिंक, काेल्ड ड्रिंक आदि इत्यादि परिकार मजाले सजाइएकाे थियाे ।

गाउँलेहरु एक दुई एक दुई गर्दै खचाखच आँगनभरि जम्मा भए । केहीले त परिकार हेरेर घुटुक्क थुक निले । हरिकृष्ण बाजेले आदेश दिए – “सबैलाई मन परेकाे परिकार अघान्जेल खान देऊ !”

जिब्राे पड्काउँदै, घाँटी घुट्क्याउँदै,मासु चपाउँदै पेट फुटुन्जे हसुरे । सिनाे खाएर अघाएका गिद्ध झै पेट फर्काएर बसेका गाउँलेलाई हरिकृष्ण बाजेले भने – “यहाँहरु आईदिन भाे । खाई दिनु भाे । धेरै धेरै धन्यवाद । म बिरामी हुँदा गर्नु भएकाे सहयाेग कसरी बिर्सन सक्थे र ? ”

सबै उँधाे मुन्टाे लाएर गेटबाट निस्कदै भने – “मुखबाट खुवाएर काेखाबाट निकाल्याे ।”

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै