गण्डकीको सत्ता राजनीति : सांसद थापाको पद खोस्न पुनरावलोकनको माग

काठमाडौं – गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई सर्वोच्च ले पुनर्वहाली गरेपनि बहस यत्तिमै नटुंगिने भएको छ ।

सर्वोच्चले  दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बुधबार पुनरावलोकन निवेदन दर्ता भएको छ।

बिहीबार  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदैछन्। जनमोर्चा, प्रदेश सभामुख र प्रदेशसभा सचिवालयका  तीनवटा निवेदन सर्वोच्चमा परेको हो।  

जनमोर्चा सांसद पियारी थापाले सर्वोच्चमा निवेदन दिएकी हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ विरुद्धको नयाँ सरकार बनाउन सर्मथन नगरेका सांसद थापालाई पार्टीको नीति विपरीत रहेको भन्दै कारबाही गरेको थियो। 

जनमोर्चाले  २० गते संसद सचिवालयमा पार्टीको कुनै भूमिकामा नरहेको पत्र  दर्ता गराएसँगै थापा पदमुक्त भएका थिए। तर, पद खारेजीविरुद्ध थापा सर्वोच्च पुगे। सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै उनलाई पुनर्स्थापित गरेको थियो। 

थापा विरुद्धको निवेदनमा भोलिका लागि पेशी तोकिएको छ।

गण्डकीमा मुख्यमन्त्री विरूद्ध बहुमत जुटाउन संकट देखिएको छ । सर्वोच्चले फैसला पुनरावलोकन गरि थापाको पद खारेजी गर्न सके सरकार बनाउन सहयोग मिल्ने आशामा विपक्षी गठबन्धन छ । विकल्पमा उनीहरूले सभामुखले राजिनामा समेत हेरेका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै