Sunday, June 20, 2021
युनिकोड

विश्वासको मतको टुंगो लगाउने राष्ट्रपतिले हैन संसदले हो : अधिवक्ता थापा

काठमाडौं – बरिस्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभामा नपुगी विश्वास मत यसले प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले भन्न नमिल्ने जिकिर गरेकाछन् ।

अधिवक्ता थापाले प्रतिनिधिसभा विघटनका विरुद्ध १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा पक्षमा बहस गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले पदमुक्त भइसकेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले स्वाभाविक रुपमा अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्रीले विश्वासको मत नै नलिएकाले विश्वास मत फलानोले प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले भन्न नसक्ने उनको भनाइ थियो।

‘प्रतिनिधिभामा नपुगिकन विश्वास मत फलानोले प्राप्त गर्न सक्दैनन् भनेर राष्ट्रपतिले भन्न मिल्छ र ? राष्ट्रपतिलाई प्रतिनिधिसभामा नगइकन आफैंले निर्णय गर्न पाउने अधिकार कहाँ छ ?’, इजलासमा उनले प्रश्न गरे, ‘संविधानले गर्नुपर्नेछ भनेपछि कर्तव्य पालना गर्नुपर्छ । संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउन विघटन गरिएको हो ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै