Sunday, June 20, 2021
युनिकोड

कम्युनिस्टका नाममा जनयुद्ध गरेका बाबुरामको संश्लेषण ‘असली कम्युनिस्ट ‘ ‘बरमझियाको असली बाजेको पेडा’ जत्तिकै दुर्लभ

काठमाडौं -पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले ‘असली कम्युनिस्ट ‘ ‘

‘बरमझियाको असली बाजेको पेडा’ जत्तिकै

दुर्लभ भएको बताएका छन्।

उनले ‘कम्युनिस्ट’ शब्दको बदनाम बनाउन प्रधानमन्त्री केपी शर्मा ओली दोषी भएको उल्लेख गरेकाछन् ।

‘भनिन्छ कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ।ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ।’ उनले भनेकाछन्, ‘ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयाँ ढंगले सोचौं!’

पूर्व- पश्चिम राजमार्गको सडक खण्डमा सप्तरीको बरमझिया क्षेत्रमा प्रशस्त पेडा पसलहरु देखिन्छन् । करिब पाँच किलोमिटर दुरीमा रहेका ८० भन्दाबढी पसलको नाम र काम एक अर्कामा मिल्दोजुल्दो छ । सबै पसलले आफूलाई असली बाजेको पेडा पसल दाबी गर्ने गर्छन् ।

सडकको दुवै किनारमा खुलेका पसलले जोकोहीको ध्यान तान्छ । राजमार्गमा यात्रा गर्ने यात्रीको  कोसेलीको पनि हो पेडा । तर, सबैको नाम मिल्दोजुल्दो भएकाले असली खोज्नै मुस्किल पर्छ ।

डा.भट्टराईले त्यसै तर्फ संकेत गर्दै कम्युनिस्ट राजनीतिलाई जोडेका हुन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै