गृहपृष्ठ अपराध आफ्नै साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

आफ्नै साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

आफ्नै साथीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति:

कैलाली – आफ्नै साथीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीकाे लम्कीचुहा नगरपालिका-२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे।

टाउकोको पछाडी घाउ चोट रही बिशाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनापश्चात भागी फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बाद बिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा बिशालको मृत्यु भएको खुल्न आएको छ ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

सम्बन्धित् समाचार