Sunday, June 20, 2021
युनिकोड

‘भाेका कुकुरलाई खानेकुरा’

दोलखा – लकडाउनका कारण बजार बन्द हुँदा भाेकै परेका चरिकोट बजार क्षेत्र र दाेलखा बजारका कुकुरहरूलाई खानेकुरा दिईएको छ ।

तरुण दल दोलखाको संयोजनमा बुधबार बिहान दुनोट बिस्कुल लगायतका खानेकुरा दिइएको पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले जानकारी दिए । तरुण दल जिल्ला अध्यक्ष दावा साङ्गे शेर्पा तरुण दलका नेताहरु गणेश थापा, कपिल भण्डारी, बरुण लामा, कर्मा शेर्पा, मंगल शेर्पा लगायले भीमेश्वर नगरपालिका २,३ र ६ नंम्बर वडाका छाडा कुकुरहरुलाई ३ सय ५० ओटा दुनाेट र बिस्कुट खुवाएका थिए ।

त्यस्तै राजन बस्नेत, भरत बस्नेत, बिष्णु शिवाकोटी सहितका युवाले बिहानैदेखि चरिकोट वरपरका कुकुरलाई पाउरोटी, बिस्कुट, दुनाेट र बम खुवाएका थिए ।

चरिकोटका व्यवसायी भाइ राजु केसीले दिउँसो दूध र बिस्कुट खुवाउने जानकारी दिएकाछन् ।

दाेलखा बजारमा त भाेकै परेका कुकुरले जिउँदै कुखरा खान थालेकाे स्थानीयले बताए । चरिकोट आसपासमा भाेका कुकुरले मर्निङ वाक र ईभिनिङ वाकमा निस्केकाहरुलाई टाेक्ने र झम्टिन थालेका छन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै