गृहपृष्ठ समाचार संवैधानिक इजलासबाट सुनुवाइ सुरू, न्यायाधीश भट्टराई र कार्की नहट्ने

संवैधानिक इजलासबाट सुनुवाइ सुरू, न्यायाधीश भट्टराई र कार्की नहट्ने

प्रकाशित मिति:

काठमाडौं – संवैधानिक इजलासबाट दुई न्यायाधीश नहट्ने भएका छन् । सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।

आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ।

यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् । 

यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि संवैधानिक इजलास बस्न सकेन। सर्वोच्च अदालतले बुधबारका लागि संवैधानिक इजलास बस्ने जानकारी दिएको छ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको  संवैधानिक इजलास गठन गरेका थिए। 

यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई  आधा घण्टाको समय दिइएको छ । 

सम्बन्धित् समाचार