मानिसको खुट्टाको भाग फेला परेको

काठमाडौं – काठमाडौं महानगरपालिका-६ बौद्द नयाँबस्ती एलिना फुटसल नजिक फोहोर फाल्ने गरेको जग्गामा बोराभित्र मानिसको खुट्टा जस्तो देखिने घुडा भन्दा मुनिको भाग र खुट्टाकै जस्तो देखिने पछाडिको नलि हड्डी सहितको मासुको सानो टुक्रा मंगलबार बिहान फेला परेको छ ।

उक्त जग्गामा बोराको मुखमा मान्छेको खुट्टाको भाग देखिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकुबाट प्रहरी वरिष्ठ उपरीक्षक, महानगरीय अपराध महाशाखाबाट प्रहरी उपरीक्षक र महानगरीय प्रहरी वृत्त वौद्घबाट प्रहरी नायव उपरीक्षक समेतको डग इस्निफिङ सहितको टोली अनुसन्धानका लागि खटीएको थियो ।

सो सम्बन्धमा प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै