Sunday, June 20, 2021
युनिकोड

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं पाँचथर, हिलिहाङ गाउँपालिका-७ टारीस्थित सडकमा प्रदेश १- ०१-००१ च ७६९१ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा गाडी चालक ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका-२ चम्बु बस्ने ३२ वर्षीय मिलन श्रेष्ठ र गाडीमा सवार सोही ठाउँ बस्ने २५ वर्षीया सीता अधिकारी रहेका छन् ।

यो पनि पढ्नुहोस् >>सवारी दुर्घटनामा परी मृत्यु

त्यस्तै गरी कास्की, पोखरा महानगरपालिका-१८ मेथलाङमा ग.१ क ३१८७ नम्बरको सिमेन्ट घोल्ने मिक्सचर अनियन्त्रित भई सडकको नालीमा पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा मिक्सचरका सहचालक सोही महानरगपालिका-१४ चाउथे बस्ने २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको   हो । घाइते भएका मिक्सचर चालकको फिस्टेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै