Monday, June 21, 2021
युनिकोड

अवैध सालको काठ बरामद

बर्दिया – अवैध सालको काठ प्रहरीले बरामद गरेको छ । बर्दियाकाे मधुवन नगरपालिका-५ गाउ नम्बर ११ स्थित बाटोबाट ६ थान सालको काठ मंगलबार बिहान प्रहरीले बरामद गरेको हाे ।

प्रहरीका अनुसार अबैध काठ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उक्त स्थानमा चोरी निकासी गरी ल्याई राखेको अवस्थामा उक्त काठ र सोही कार्यमा प्रयोग भएको भे.१० प ७१४८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।

बरामद  काठ र मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

अवैध काठ र ट्याक्टर सहित पक्राउ

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै