Thursday, June 17, 2021
युनिकोड

योगेशले देखेको पार्टी बेमेलको जड, ‘अर्कासँग मिल्ने, आफ्नालाई पेल्ने’

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले शिर्ष नेता आपसमा मिल्न नसक्ने तर पार्टी इतरकासँग गठजोड गर्न पुग्दा एकता हुन नसकेको बताएका छन्।

‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । ‘ उनले भनेकाछन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । ‘

उनको प्रश्न छ, ‘कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहीँ छ ।’

उनले यस विषयमा नेताहरूबीचमा गम्भिर छलफल हुन र साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै