गृहपृष्ठ लुम्बिनी बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत पर्वतको २०७४ असार १ गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पक्राउ परेका हुन् ।

प्रकाशित मिति:

बर्दिया – बहुबिवाह मुद्दाका फरार प्रतिवारी बढैयाताल गाउँपालिका-८ पहाडीपुर बस्ने ३५ वर्षीय टिकाराम बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्वतको २०७४ असार १ गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ  ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दीयामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ  ।

राउटे समुदायका महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ

सम्बन्धित् समाचार