गृहपृष्ठ समाचार रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति:

 कैलाली – रेड पाण्डाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका-५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित बझाङ बित्थड गाउँपालिका-५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उक्त बनबाट रेड पाण्डाको छाला बोकी लगेको भन्ने सूचानाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय धनगढीबाट खटिएको प्रहरीले धामीले बोकी राखेको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

धामीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको जिम्मा लगाइएको उक्त कार्यालयले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

सम्बन्धित् समाचार