Monday, June 21, 2021
युनिकोड

तनहुँ समाज युकेले स्वास्थ्य सामग्री पठाउँदै

लण्डन ­तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा अक्सिजन सिलिण्डर एवं स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थाका अध्यक्ष लेख गुरुङले जानकारी दिएका छन् ।

समाजले सो कार्यका लागि हालसम्म चार हजार ८८५ पाउण्ड उठाइसकेको छ । उक्त रकम स्थानीय नेपाल रेडक्रस सोसाइटीमार्फत जिल्ला उद्योग वाणिज्य सङ्घलाई हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्>>नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

जिल्लाका अधिकांश ठाउँमा कोरोना सङ्क्रमण भएपछि सबैलाई न्यायोचित तथा समान वितरण होस् भनेर समाजले सबै स्थानीय तहलाई दिन खोजिएको र कोरोनाको अवस्था हेरी पुनः केही गर्नु परे संस्थाका सदस्यहरू तयार रहेको बताइएको छ । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै