Thursday, June 17, 2021
युनिकोड

२४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि, १ सय ०८ जना संक्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १ सय ०८ जनाको मृत्यु भएको छ । थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ७० पीसीआर परीक्षण र १ हजार २ सय ८३ एन्टिजेन गरी जम्मा ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ५ सय ७० रहेको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुहाेस् >> थप ९२ जना संक्रमितको मृत्यु, ६ हजार ९ सय ५१ संक्रमणमुक्त

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै