Sunday, June 20, 2021
युनिकोड

५३ अंकले बढ्दै नेप्से सुचकमा नयाँ रेकर्ड

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५३.४४ अंकले बढेर २९६०.१४ को बिन्दुमा पुगेको हो । यो हाल सम्मकै उच्च हो ।

आज १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको ३ करोड ५७ लाख ३ सय ७४ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, जानकी फाईनान्स, समृद्धि फाइनान्स कम्पनी लगायत ३६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज इन्भेष्टमेन्ट, माईक्रो फाइनान्स र होटेल र पर्यटन बाहेक सबैको समूहगत सुचक बढेको छ । जसमा विकास बैंक समूहको सूचक सर्वाधिक बढी ९.४ प्रतिशतले बढेको छ भने फाईनान्स समूहको ८.७१ प्रतिशतले बढेको छ । त्यस्तै इन्भेष्टमेन्ट समूहको सुचक सर्वाधिक बढी ०.८८ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ६ करोड ५३ लाख र रसुवागढि हाइड्रोपावरको ४७ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से सुचक दोहोरो अंकले बढ्यो

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै