Sunday, June 20, 2021
युनिकोड

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई जाोगाएका रावलले भने, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकता सिक्नु ‘

काठमाडौं – नेकपा एमालेका नेता भिम रावलले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुले विधि, विधान र पद्धति मिच्नेहरूले राजनीतिक नैतिकताको केही शिक्षा सिकाएको बताएका छन् ।

उनले भनेकाछन्, ‘सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?’

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। भट्टले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन्। ९ सांसदले विपक्षमा मतदान गरे ।

विश्वासको मत प्राप्त गर्न २७ मत मात्र आवश्यक भए पनि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको नेपाल-खनाल समूहले मत दिएपछि उनले बहुमत पाएका हुन्।  नेपाली कांग्रेसले भने तटस्थ रह्यो ।

भट्टलाई माओवादी केन्द्रका १३ जना सांसद र एमालेको नेपाल-खनाल समूहका १७ जनाको समर्थन रह्यो । एमालेका २४ मध्ये ७ जना र जसपाका २ जना सांसदले विपक्षमा मत दिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै