Monday, June 21, 2021
युनिकोड

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं-  बाँके, नेपालगंज उपमहानगरपालिका-१८ लगदहवा बस्ने पिरत कुर्मीको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, अन्नपात लगायतका सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

          त्यस्तै गरी रुकुम (पश्चिम), मुसिकोट नगरपालिका-१ मुलखोलास्थित सडकमा रोकी राखेको  ना.७ ख २०४४ नम्बरको बसमा सोमबार राति आगलागी हुँदा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।

  प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् >>चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै