गृहपृष्ठ समाचार एकै दिन विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला

एकै दिन विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला

कैलालीकाे लम्कीचुहा नगरपालिका-२ स्थित कच्ची घरमा डेरा गरी बस्ने धनगढी घर बताउने ३६ वर्षीय बिशाल बुढाथोकी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति:

काठमाडौं – एकै दिन विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका प्रहरीले जनाएकाे छ । कैलालीकाे लम्कीचुहा नगरपालिका-२ स्थित कच्ची घरमा डेरा गरी बस्ने धनगढी घर बताउने ३६ वर्षीय बिशाल बुढाथोकी सोमबार मृत अवस्थामा फेला परेका छन् । घटनाको शंकास्पद देखिएपछि अनुसन्धानका लागि बिशालसँगै बस्ने १ जनालाई उक्त बनमा लुकी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कास्की जिल्लाकाे पोखरा महानगरपालिका-९ नयाँबजारस्थित प्रतिक्षालयमा हाल वतन नखुलेका ६५ वर्षीय राम बहादुर बराई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुंगा, मोलुङ गाउँपालिका-७ डोले मझुवा बस्ने २५ वर्षीय रबिन अधिकारी सोमबार मृत अवस्थामा फेला परेका छन् । रबिन लगायत ४ जना सोही ठाउँस्थित मोलुङ खोलामा माछा मार्न गई घर फर्की आउँदा रबिन नदेखिएपछि उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित मोलुङ गरही सिंचाई कुलोमा उनको शव फेला परेको हो ।

रुकुम(पश्चिम), भेरी नदीको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आठबिसकोट नगरपालिका-६ मनका बगरस्थित भेरी नदीको किनारमा सोही नगरपालिका-६ ठिमी बस्ने ५६ वर्षीय हर्क बहादुर बोहोरा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएकाे छ ।

अछाम, अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन् । अछामकाे तुर्माखाद गाउँपालिका-१ रहफस्थित कर्णाली नदी किनारमा दैलैखस्थित भिमढुंगा कन्ट्रक्सन प्रालिका टिपर चालक नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सतिष तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् । जेठ १९ गते दैलेख टुनिबगरस्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

मृत अवस्थामा फेला मृत अवस्थामा फेला

सम्बन्धित् समाचार