Thursday, June 17, 2021
युनिकोड

करेन्ट लागेर मृत्यु

काठमाडौं – कास्कीकाे अन्नपूर्ण गाउँपालिका-१० होदु बस्ने शेर बहादुर बिकको छोरा ८ वर्षीय युवराज बिकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होलडरमा हात घुसाउँदा करेन्ट लागेर वेहोस भएका उनको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै स्याङजा, चापाकोट नगरपालिका-१० र १ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २० वर्षीय शशिधर थापाको करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा अशक्त भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सडकमा चुडिएको विद्युतको तारबाट करेन्ट लागेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै