गृहपृष्ठ प्रदेश १ नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै पक्राउ

नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै पक्राउ

प्रकाशित मिति:

 उदयपुर-   त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका-३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस् >>बैंक तथा वित्तीय संस्था आलोपालोमै सञ्चालन हुने

उक्त एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।

            तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार