Sunday, June 20, 2021
युनिकोड

अवैध काठ र ट्याक्टर सहित पक्राउ

 कैलाली – कैलालीमा अवैध काठ र ट्याक्टर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जोशीपुर गाउँपालिका-३ बडहरीया बस्ने हरिलाल चौधरीलाई से.१ त २९८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको २ थान साल जातको काठ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार उनको घरमा अवैध काठ राखेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरीले उक्त काठ र ट्याक्टर सहित उनलाई पक्राउ गरेको हो ।

बरामद काठ र ट्याक्टर सहित हरिलाललाई आवश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय भजनी कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  ।

अवैध काठसहित १२ जना प्रहरीको नियन्त्रणमा

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै