Sunday, June 20, 2021
युनिकोड

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, ह्विपकाबीच एमालेका १७ सांसदको समर्थन


धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

भट्टले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन्। ९ सांसदले विपक्षमा मतदान गरे ।

विश्वासको मत प्राप्त गर्न २७ मत मात्र आवश्यक भए पनि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको नेपाल-खनाल समूहले मत दिएपछि उनले बहुमत पाएका हुन्।  नेपाली कांग्रेसले भने तटस्थ रह्यो ।

भट्टलाई माओवादी केन्द्रका १३ जना सांसद र एमालेको नेपाल-खनाल समूहका १७ जनाको समर्थन रह्यो । एमालेका २४ मध्ये ७ जना र जसपाका २ जना सांसदले विपक्षमा मत दिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै