Sunday, June 20, 2021
युनिकोड

सुदूरपश्चिममा एमाले संसदीय दलले गर्यो मुख्यमन्त्रीलाई सघाउने निर्णय

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमाले सांसदहरूले मत दिने भएकाछन् ।

एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको भएपनि ह्विप विपरीत मत दिने संसदीय दलले निर्णय गरेको हो ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

जसपाले विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको छ।

एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ । ओली पक्षले फ्लोर क्रस गरेको अवस्थामा समेत प्रदेश सरकारले नेपाल-खनाल समूहका सांसदकै समर्थनमा पनि मुख्यमन्त्री सुरक्षित रहनेछन् । 

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै