Sunday, June 20, 2021
युनिकोड

सडकमा चुडिएको विद्युतको तारबाट करेन्ट लागेर मृत्यु

 सिन्धुली – सिन्धुलीकाे कमलामाई नगरपालिका-७ बस्ने २१ वर्षीया शान्ति माया थिङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

शान्ति माया र सोही ठाउँ बस्ने १५ वर्षीया गिता पाण्डे घरबाट सिन्धुलीतर्फ जाने क्रममा सडकमा चुडिएको विद्युतको तारबाट अचानक करेन्ट लाग्दा शान्तिको घटनास्थलमै मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएकी गिताको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै