Sunday, June 20, 2021
युनिकोड

विघटनमा जान लागेको पार्टी बचाउन मलाई माओवादीमा फर्कन लागेको हल्ला : नेता रायमाझी

काठमाडौं – नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्कन लागेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन् ।

‘केही सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले भनेकाछन्, ‘ क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस(देउवा)को शरणागतमा पुगेको स्थिति छ ।’

उनले माओवादी केन्द्र विघटनको अवस्थामा रहेको र माओवादी केन्द्रको आयु बढाउने षड्यन्त्र स्वरूप यस्तो हल्ला गरिएको बताएका छन् ।

उनको भनाइ छ, ‘सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यंत्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै