Sunday, June 20, 2021
युनिकोड

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिँदै, एमाले सांसदको फ्लोरक्रसको संभावना बलियो

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिँदैछन् ।

सर्वोच्चको फैसला पछि पार्टी पुरानै संरचनामा गए पश्चात माओवादी केन्द्रका उनी पटक पटक जोखिममा पर्दै अएका छन् तथापि एमालेका नेपाल–खनाल समूह पार्टी भित्रको विवादको कारण अन्य दलसँग गठबन्धन गरिरहेको अवस्थामा उनलाई सहज हुने देखिन्छ । उक्त समूहको सुदूरपश्चिममा राम्रो पकड रहेको छ ।

मुख्यमन्त्री भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएकाछन् ।


मुख्यमन्त्री भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने भएकाले एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले बताए । ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् नेपाल–खानाल समूहकाका सदस्यले फ्लोर क्रस गरि मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्न सक्नेछन् ।

कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।

सोमबार एमाले बरिष्ठ नेता माधव नेपालले गठबन्धनका अन्य शिर्षस्त नेताहरूसँग भेट गरि प्रदेश तहमा पनि गठबन्धन गर्ने निर्णय गरेकोले पार्टीको ह्वीपकाबीच पनि मुख्यमन्त्रीलाई साथ दिन सक्ने देखिएको छ । संख्यात्मक हिसावले पनि दुईजना सांसदले मात्र फ्लोर क्रस गरेपनि पुग्ने देखिएकोले मुख्यमन्त्री त्यही अपेक्षाका साथ प्रस्तुत हुँदैछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै