Monday, June 21, 2021
युनिकोड

केन्द्रको गठबन्धन अब प्रदेशमा पनि एक हुने

काठमाडौं- विपक्ष गठबन्धनका दलहरू केन्द्रमा जस्तै प्रदेशमा पनि गठबन्धन बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज भएको वार्तामा गठबन्धनका नेताहरू प्रदेश स्तरमा पनि गठबन्धन गर्दै अघि बढ्ने निर्णयमा पुगेका हुन् ।

भेट वार्ताका क्रममा तीन नेता कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले बरिस्ठ नेता माधव नेपालबीच करिब डेढ घण्टा छलफल भएको र प्रदेश सरकारमा गठवन्धका विषयमा बैठक केन्द्रित भएको हो । 

बैठकले प्रदेश २ मा गठबन्धनमा आबद्ध दलहरूको संयुक्त सरकार बनाउने सहमति भएको छ । हाल प्रदेश २ मा गठबन्धन आबद्ध जसपा अध्यक्ष उपेन्द्र यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । 

मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग-अलग भेटेका थिए । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको हो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै