Sunday, June 20, 2021
युनिकोड

वेवारिसे अवस्थामा रहेका विभिन्न ब्राण्डका मदिरा बरामद

मोरङ – वेवारिसे अवस्थामा रहेका विभिन्न ब्राण्डका मदिरा प्रहरीले बरामद गरेकाे छ । मोरङकाे जहदा गाउँपालिका-१ बुधनगरस्थित सडक नजिकको खाली जग्गामा को.३२ प ९५२१ र को.२० प ८७६१७ नम्बरका २ वटा मोटरसाइकलमा लोड गरी वेवारिसे अवस्थामा राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरको बिभिन्न ब्राण्डका मदिरा आइतबार दिउँसो प्रहरीले बरामद गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उक्त स्थानमा अवैध मदिरा राखिएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले ती मोटरसाइकलमा लोड गरी वेवारिसे अवस्थामा रहेको दिलवाले लेखिएको ३ सय मिलिग्रामको ३ सय ९ काटुन, उंमग लेखिएको ३ सय मिलीग्रामको २ सय ७७ काटुन र बिभीन्न ब्राण्डको खुल्ला मदिरा १ हजार ९ सय बोतल फेला पारी बरामद गरेको हो ।

बरामद मदिरा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विभिन्न हातहतियार बरामद

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै