Sunday, June 20, 2021
युनिकोड

थप ९२ जना संक्रमितको मृत्यु, ६ हजार ९ सय ५१ संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ९२जनाको मृत्यु भएको छ । थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ७० पीसीआर परीक्षण र १ हजार १ सय ०२ एन्टिजेन गरी जम्मा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ९ सय ५१ रहेको छ ।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना, थप १८ जनाको मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै