Sunday, June 20, 2021
युनिकोड

सेयर बजारमा १५ अर्ब माथिको कारोबार

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सूचक स्थिर रहेको छ । आज नेप्से सूचक स्थिर रहि २९०६.७० को बिन्दुमा पुगेको हो ।

आज १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज पोखरा फाईनान्स लिमिटेड, आईसीएफसी फाईनान्स लिमिटेड लगायत १७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै,आज फाईनान्स, विकास बैंक लगायत ७ क्षेत्रको समूहगत सूचक बढेको छ भने ट्रेडिङ, बैंक लगायत ६ क्षेत्रको समूहगत सूचक घटेको छ । जसमा फाईनान्स समूहको सूचक सर्वाधिक बढी ८.२७ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको सूचक सर्वाधिक बढी २.२१ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६२ करोड १७ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से सुचक दोहोरो अंकले बढ्यो

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै