ओलीको प्रस्ताव नेपाल-खनाल समूहलाई चित्त बुझेन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि गरेको प्रयासलाई नेपाल-खनाल समूहले जालझेलपूर्ण भएको निष्कर्ष निकालेको छ।

उक्त समूहको स्थायी कमिटी बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले बताए ।

यो समूहले ओलीलाई लिखित रूपमै जवाफ दिने तयारी गरेको छ।

नेपाल पक्षको बैठकमा अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट पछि हट्न नहुने बताएका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै