Sunday, June 20, 2021
युनिकोड

भाटभटेनीका म्यानेजर दिउँसो पसल खोलेको आरोपमा पक्राउ

काठमाडौं – निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा भाटभटेनीका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।

कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

फलफूल पसलमा अनुगमन

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै