Sunday, June 20, 2021
युनिकोड

आर्थिक अभाव भएका कोरोना सङ्क्रमित परिवारलाई सहयोग


गण्डकी ­ -अर्थ अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा सहयोग गरिएको हो । एक्काइस दिने शिशुसहित उनका बाबुआमा पनि सङ्क्रमित रहेका र उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

रोल्पा घर भई विगत पाँच वर्षदेखि पोखरामा मजदूरी गर्दै आएको उक्त परिवार आर्थिक सङ्कटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेसका युवानेता भानु ढकालको विशेष पहलमा आर्थिक सहयोग जुटाइएको हो ।

यो पनि पढ्नुहोस् >>कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग

पोखरा फूलबारीमा डेरा गरी बस्दै आएका उनीहरुलाई रु एक लाख ५८ हजार आर्थिक सहयोग गरिएको ढकालले जानकारी दिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीको रोहवरमा नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, जिल्ला सदस्य भीम गौतम लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको उनले जानकारी दिएका छन् । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै