Sunday, June 20, 2021
युनिकोड

कोरोना संक्रमणबाट मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन

काठमाडौं – कोरोना संक्रमणबाट ४२ वर्षीय मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । एक हप्तादेखि भेन्टिलेटरमा उपचार भइरहेको उनको आइतबार राति उपचारको क्रममा निधन भएको हो ।

डा.सुवेदीको दुईदिन अघि परीक्षण गर्दा भने उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिरामीको उपचारकै क्रममा उनलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उनको उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोल घर भएका डा. सुवेदी काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका थिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै