Thursday, June 17, 2021
युनिकोड

पावर टेलरमा च्यापिएर मृत्यु

बर्दिया – बर्दियामा पावर टेलरमा च्यापिएर एक बालककाे मृत्यु भएकाे छ ।  बारबर्दिया नगरपालिका-१० लम्की फाँटास्थित खेतमा पावर टेलर पल्टिँदा च्यापियर सोही नगरपालिका बस्ने प्रेम चौधरीको ५ वर्षीय छोरा सक्षेंम चौधरीको आइतबार बेलुका मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उक्त खेतमा सोही नगरपालिका-११ बेलभार बस्ने २० वर्षीय सकेट चौधरीले पावार टेलर सिक्ने क्रममा टेलर पल्टिएर च्यापिँदा टेलरमा बसेका सक्षेंमको मृत्यु भएको हो ।

चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै