Thursday, June 17, 2021
युनिकोड

‘प्रधानमन्त्रीको भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ’ : प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको वक्तव्यमा गर्दै पार्टी विवाद समाधान गर्ने प्रयास गरेकाछन् ।

६ बुँदा समेटिएको वक्तव्यको भूमिकामा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला पछि अर्को पार्टी दर्ता गर्न आफूले प्रयास गर्दा पनि अनिच्छा प्रकट गरेको ओलीले उल्लेख गरेकाछन् ।

‘२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसला एकिकरण भंग हुनुको म्ख्य कारण थियो भनेर कतिपयले टिप्पणी गरेकाछन्, तर यो यर्थाथ हैन । सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझने गरि गरिएको दर्ता मिलेको हैन भनेको हो । यसका लागि समय पनि दिएको हो ।’ ओलीले उल्लेख गरेकाछन्, ‘ पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले पहल पनि गरेको हुँ तर पुष्प कमल दाहाल ‘प्रचण्ड’ को अनिच्छाको कारण मेरो प्रयास सफल हुन सकेन ।’

ओलीको यो अभिव्यक्ति पछि प्रचण्डले यसको प्रतिवाद गरेका छन् । उनले सामाजिक संजालमा ओलीको भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको भनेकाछन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भ्रत्सना गर्दछु ।’ उनले भनेकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै