गृहपृष्ठ समाचार ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

नवलपरासी (पूर्व) मा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएकाे छ ।

प्रकाशित मिति:

नवलपरासी – नवलपरासी (पूर्व) मा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएकाे छ ।  देवचुली नगरपालिका-२ हमालचोकस्थित सडकमा ना.१ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् >>

सम्बन्धित् समाचार